News

एसएनपीपीको चुनाउ चिन्ह निब

गान्तोक, 28 मार्च। सिक्किम नेशनल पिपल्स पार्टी (एसएनपीपी) लाई चुनाउ चिन्हको रूपमा पेनको निब प्राप्त भएको छ। एसएनपीपीका अध्यक्ष तथा गान्तोक निर्वाचन क्षेत्रका उम्मेदवार दिले नामग्याल बर्फुङपाले राजधानीमा विहीबार आयोजित एक पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। 
एसएनपीपीले गान्तोकलगायत कतिपय निर्वाचन क्षेत्रहरूमा आफ्नो उम्मेदवार उठाएको बताउॅंदै आफूलगायत पार्टीका उम्मेदवारहरूले तीव्र रूपमा चुनाउ प्रचार अभियान चलाइरहेको उनले जानकारी दिए। उनले एसएनपीपीका उम्मेदवारहरूलाई जिताउने आह्वान गर्दै एसएनपीपी उम्मेदवारहरूले चुनाउ जितेको खण्डमा जनताको पक्षमा विधानसभामा कुरा उठान गर्ने बताए।
एसएनपीपीले धारा 371एफ को पूर्ण सुरक्षालाई आफ्नो मुख्य मुद्दा बनाएर चुनावी मैदानमा ओर्लिएको उनले बताए। उनले एसएनपीपीले चुनाउ जितेको खण्डमा जनतालाई नि:शुल्क बिजुली, नि:शुल्क औषधी, शुद्ध पिउने पानी उपलब्ध गराउने बताए। यसैगरि, एसएनपीपीले नयॉं सड़क निर्माण गर्नुको साटो त्यही सड़कको उन्नयन गर्ने बताए।