सामाजिक सद्भावना र स्वतन्त्रता सुनिश्चित गर्न सरकार समर्पित छः मन्त्री शर्मा

0
219

गेजिङ, 4 जनवरी। मन्त्री तथा गेजिङ बर्मेकका क्षेत्र विधायक लोकनाथ शर्माले आठ माइल गेजिङमा पालन गरिएको जन सेवा समाजको 35औं स्थापना दिवसमा उपस्थिति जनाए। आज साँझ सम्पन्न कार्यक्रममा उनी मुख्य अतिथि रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस समाजसित संलग्न भएपछिको आफ्नो अनुभव अनि खुशी सबैसामु साझा गरे। उनले अघि भने, राज्य सरकार सामाजिक सद्भावना अनि स्वतन्त्रता सुनिश्चित गर्न पूर्णरूपले समर्पित छ। सरकारले राज्यमा पञ्जीकृत सबै गैर सरकारी संगठन (एनजीओ)-लाई आर्थिक अनुदान प्रदान गर्ने भनि गरेको घोषणाको पनि मन्त्रीले यस अवसरमा जानकारी गराए। राष्ट्र निर्माणको निम्ति नागरिक समाजको महत्वपूर्ण भूमिकामाथि जोड दिँदै मन्त्रीले समाजद्वारा समाज घरको निर्माण, पानी संग्रह ट्याङ्की, स्ट्रिट लाइटसहित फुटपाधको निर्माण, ट्रान्सफर्मरको स्थापना आदिसहित राखिएका विभिन्न माग पूरा गर्ने वचन दिए। उनले आफूलाई गरेको समर्थनको निम्ति यहाँका वासिन्दाप्रति आभार प्रकट गर्दै सम्पूर्ण मानिसको अथक प्रयास अनि सहकार्यमा क्षेत्रको समग्र विकास गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे। मन्त्री लोकनाथ शर्माले संघलाई पचार हजार रूपियाँको आर्थिक सहयोग प्रदान गर्दै आगामी दिनमा राज्य सरकारबाट हुनसक्ने सबै सहयोग गर्ने वचन दिए। यस अवसरमा समाजका सभापति बीबी राईले समाजको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संगठनले गरेका विभिन्न कार्यक्रमको जानकारी गराए। कार्यक्रमा मन्त्रीसहित जन सेवा समाज लगायत यस भेकका गैर सरकारी संगठनका संस्थापक कार्यकारी सदस्यहरूलाई सम्मान जनाइयो। उपसभापति जीएस शर्माले गैर सरकारी संगठनको स्थायीत्वको महत्वमाथि प्रकाश पारे।

कार्यक्रममा गेजिङ नगर निगमका अध्यक्ष आईके न्यौपाने, एसएसबी, योक्समको 72 बाहिनीका दोस्रो सेनानायक एसके अवाधिया, पञ्चायतगण, समाजसित आवद्ध परिवारगण तथा विभिन्न एनजीओ-का प्रतिनिधिहरूको उपस्थिति थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here