सतपालजी महाराजद्वारा मुख्यमन्त्री पीएस गोलेसित सौहार्द्र भेट

0
503

नाम्ची, 4 जनवरी : उत्तराखण्ड सरकारको पर्यटन, सिँचाई, लघु सिँचाई, संस्कृति, जलखण्ड प्रबन्धन अनि इण्डो-नेपाल उत्तराखण्ड नदी परियोजना विभागहरूका मन्त्री सतपालजी महाराजले आज जोरथाङ, दक्षिण सिक्किमको ऊर्जा विभागको अतिथि गृहमा राज्यका मुख्यमन्त्री पीएस तामाङसित भेटघाट गरे। त्यसबखत उनको साथमा ऊर्जा तथा बिजुली विभागका मन्त्री एमएन शेर्पा, सालघारी जुम समष्टिका विधायिका श्रीमती सुनिता गजमेर, मुख्यमन्त्रीका निजी सचिव एसडी ढकाल, नाम्चीका एसडीएम विशु लामा, जोरथाङका एसडीएम आरबी भण्डारी र अन्य सरकारी अधिकारीहरू रहेका थिए। त्यस अवसरमा एउटा सानो सभा पनि बस्यो जहाँ उत्तराखण्डका मन्त्रीले मुख्यमन्त्रीलाई राज्यमा सरकार गठन गरेकोमा बधाई दिए अनि राज्यमा यति धेरै तीर्थाटनको परिक्षेत्र सिर्जना गरेकोमा उनले राज्य सरकारको सराहना गरे। मुख्यमन्त्रीले उत्तराखण्डका मन्त्रीलाई सिक्किम राज्यको भ्रमण गरिदिएकोमा आभार जताए अनि उनी सिक्किमका जनमानसमाझ उपस्थित हुनुलाई एक विशेष अवसर भनी उल्लेख गरे। उनले तिनलाई एक विशेष धार्मिक गुरु भनी सम्बोधन गरे। मानव धर्मको प्रतिपादक सतपालजी महाराजमा अथाह ज्ञान रहेको भन्दै राज्यका मुख्यमन्त्री पीएस गोलेले उनको प्रशंसा गरे। यस भेटघाटको अवसरमा मुख्यमन्त्री गोलेले उनलाई पाकिममा सन् 2016-मा थालिएको मानव उत्थान सेवा समिति केन्द्रको निर्माण कार्य चाँढ़ै पूरा गरिने आश्वासन दिए। उनले तीन वर्षको अवधिमा उक्त केन्द्र निर्माण कार्य पूरा हुने र त्यस समितिलाई वित्तीय सहयोग पनि प्रदान गरिने मुख्यमन्त्रीले बताए। उनले उक्त कमिटीलाई केन्द्र निर्माण कार्य चाँड़ै थाल्ने दिशानिदेश दिए ता कि यस वित्तवर्षभित्र त्यसको प्रगति देखापरोस्। त्यो केन्द्रको निर्माण कार्य पूरा भएपछि निकट भविष्यमा देशका विभिन्न स्थानबाट लाखौंको संख्यामा तीर्थालुहरू आउने मुख्यमन्त्रीले बताए। यसरी नै उत्तराखण्डका मन्त्री सतपालजी महाराजले मुख्यमन्त्रीलाई उनको दूरदृष्टिको निम्ति धन्यवाद दिए। पाकिममा हवाई अड़्डा परिचालन हुने कुरा मुख्यमन्त्रीले उल्लेख गरे जसबाट स्थानीय जनमानसको जीविकोपार्जन स्तरलाई माथि उठाउने कुरामा आफू विश्वस्त रहेको बताए। आईपीआरले थप उल्लेख गरेको छ कि ताज ग्रूप अव् होटल्सले पाकिममा एउटा पाँचतारे वर्गको रिजोर्ट निर्माण गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here